दफा ११
पक्षको योग्यता
प्रचलित कानून अन्तर्गत करार गर्न सक्ने व्यक्तिले विनिमेय अधिकारपत्र लेख्ने, खिच्ने स्वीकार गर्ने, दरपीठ गर्ने, विनिमेय गर्ने आद सम्पूर्ण काम गर्न सक्नेछ र त्यसको निमित्त सबै पक्ष उत्तरदायी हुनेछन् । तर त्यस्तो काम नाबालकले गरेको भए निज बाहेक अरू सबै पक्षहरु उत्तरदायी हुनेछन् ।